विराटनगर
लकिङ गरेको ट्यांकरको करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जटिल बन्दै गएको छ ।
यस विषयमा नेपाल आयल निगमका उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको टोलीले स्थलगत छानबीन गरी राजधानी फर्केलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले अनुसन्धान सुरु गरेको छ ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।