काठमाडौं ।
सहसचिव डा। तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् । पौडेललाई एक लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छुु भनेर घुस लिएको अख्तियारले जनाएको छ।पक्राउ परेका पौडेललाई थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रवक्ता दंगालले बताए ।
