श्रृंखलाले भावुक हुँदै भनिन् , कसरी गुन तिरौं

१६ मंसिर २०७५, आईतवार १३:२६

मिस वर्ल्डको हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् । उनले सिंगापुरको सुन्दरी जितको हकदार रहेको पनि बताएकी छिन् ।

हारबाट आफू दुखित भएको भन्दै उनले आफूलाई माग गर्ने सबै नेपालीको गुन कसरी तिरौं भन्ने मात्रै सोचाई आएको बताएकी छिन् ।हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बरसम्म भोटिङ खुल्ला हुनेछ ।