धादिङ
पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका दशकिलोमा आइतबार बिहान बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।दुर्घटनामा गजुरी गाउँपालिकाका ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

मोटरसाइकल पछाडि बसेकी ४२ वर्षीय धनकुमारी भण्डारी सामान्य घाइते भएकी छन । धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
