हिन्दू राष्ट्रका लागी आन्दोलन गर्नु पर्ने जरुरी छः बिश्लेषक शर्मा

११ पुष २०७५, बुधबार ११:१५

काठमाडौं । राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्नु पर्ने जरुरी भएको बताउनु भएको छ । संञ्चारकर्मी संग कुरा गदै शर्माले हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्नु पर्ने चेतावनी दिनु भएको हो ।

उहाँले मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन आन्दोलन गर्नु पर्ने आबश्यकता भएको बताउनु भयो । शर्माले आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई समेत आह्वान गर्नु भएको छ ।
शर्माले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको बताउनु भयो ।