सांस्कृतिक विविधतायुक्त संस्कृति नेपालीका अमूल्य नीधिः राष्ट्रपति

२६ मंसिर २०७५, बुधबार ०९:२६

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको बताएकी छन् ।विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उनले यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गरेकी छन् ।

‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भनेकी छन्, ‘धार्मिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधि हुन् ।ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै उनले यसले गौरवको अनुभूति गराउने बताएकी छन् ।