सरकार बिवादमा मुछिएको छः प्रकाशमान सिंह

२५ मंसिर २०७५, मंगलवार १४:२२

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले कुटनीतिक मर्यादा पनि भुलेको आरोप लगाएका छन् ।विदादास्पद संस्थाको कार्यक्रममा सरकार नै आयोजकका रुपमा प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएको भन्दै उनले सुरक्षा र कुटनीतिक मर्यादा भुलेर एनजीओरआईएनजीओको पछि लाग्नु दुखद भएको बताए ।

रामेछापको मन्थलीमा प्रेस युनियनले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले दुई तिहाईको धक्कु लगाउने संघीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्नै नसकेको बताए ।सरकार असफल भइसकेकोले नेकपाबाटै सरकारको आलोचना सुरु भएको भन्दै उनले सरकारले गर्नुपर्ने भन्दा आनावश्यक काममा हातहालेर विवादमा मुछिने काम गरेको जिकिर गरे ।