घुस लिएको अरोपमा वडासचिव पक्राउ

९ पुष २०७५, सोमबार १५:२७

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । स्थानीय तहका कर्मचारी बिभिन्न माग राखी आन्दोलन गरिहेका बेला स्थानीय तहका सचिव घुस लिएको अरोपमा पक्राउ परेका हुन् ।काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको बताइएको छ । सेवाग्राहीहरुले दिएको सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारको बुटवल कार्यलयले जनाएको छ ।अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ । काउचाको बुटवल हाटबजारमा पसल रहेको छ । एक दशकदेखि बुटवल उपमाहनगरपालिका बिभिन्न शाखामा बसेर काम गरेका काउचा पछिल्लो समय बडा नम्बर १३ को सचिवका रुपमा कार्यरत थिए ।