नेकपा सचिवालय बैठक बालुवाटारमा

१२ मंसिर २०७५, बुधबार १७:२५

नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा सबै सचिवालय सदस्यहरू उपस्थित रहेका छन्।

बुधबारको बैठकले नेकपाका केन्द्रीय सदस्यहरूको कार्यविभाजनका बारेमा टुंगो लगाउने बताइएको छ। लामो समयदेखि बैठक बस्न नसक्दा नेकपाका तल्ला तहको एकता प्रभावित हुँदै आएको छ। त्यस्तै बैठकले प्रदेश कमिटीको नेतृत्वको टुंगो लागउने विषयमा छलफल गर्ने एजेन्डा रहेको छ।