काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा सुरु हुँदै

१२ मंसिर २०७५, बुधबार १०:२५

काठमाडौं, नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरूको बैठक नुवाकोटको ककनीमा हुने भएको छ । काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए ।