समाचार झुटो भनेर सम्पादक पक्राउ

१२ मंसिर २०७५, बुधबार ०८:४६

काठमाडौं —

झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो ।

मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपुर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताए ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।