सर्लाही–
आइतबार इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएका छन ।२२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

आफ्नै ससूरालालाई हत्या गरेर फरार महिलालाई १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले अनुसन्धानको लागि उनलाइ जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको थियो ।अभियुक्त महिला फरार भएपछि ड्युटीमा रहेका दुई प्रहरीलाइ कारबाहीको तयारी गरिएको एसपी पोख्रेलले जानकारी दिए ।
