काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी छन ।

उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाइन ।उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा बोल्दै अध्यक्ष राणाले भन्सार छुटलगायतका सुविधा नदिएर सरकारले व्यवसायिक वातावरण बनाउन नसकेको तर्क समेत गरीन ।
महासंघले चुलिँदो व्यापार घाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष राणाले उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापार घाटा न्यूनिकरणमा जोड दिन ढिलाई गर्न नहुने पनि बताइन ।उनले देशलाई समृद्ध बनाउने नारालाई साकार बनाउन पनि उत्पादनमूलक उद्योग फष्टाउने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने आवश्यक्ता औंल्याइन ।
