काठमाडौं( नेपाली कांगेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको आलोचना गरेका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले सरकार हत्या तथा हिंसाका दोषीलाई कारबार्ही नगर्ने तर धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक हुनुले सरकार कहाँ छ भन्ने कुरा पुष्टि भएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

संसारभर आइएनजीओ सरकारका अन्डरमा हुन्छन् तर नेपाल सरकार चाँहि सहआयोजक भएको भन्दै उनले आलोचना गरेका हुन्।
डिसेम्बर १ मा हुन लागेको एशिया प्यासिफिक सम्मेलन नेपाल सरकार सहआयोजक बनेको छ।
