काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ।

अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्।
मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले बहुमतबाट संयोजक परिवर्तन गर्ने निर्णय गरेको थियो। पार्टी गठन भए यता बहुमतबाट निर्णय गरिएको यो पहिलो पटक हो।
राजपाको विधानको धारा १६ को २ मा पार्टीले गर्ने हरेक निर्णय अध्यक्ष मण्डलको सर्वसम्मतबाट हुनु पर्ने व्यवथा गरिएको छ। तर मंगलबार संयोजक परिर्वतन गर्ने निर्णय बहमुतबाट गरिएको थियो।
ठाकुरसँग निकट नेता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा राष्टिय सभा सदस्य विर्खेशचन्द्र लालले पार्टीको विधान विपरित अध्यक्ष मण्डलका संयोजक फेर्ने निर्णयले पार्टीमा गम्भिर विवाद सिर्जना गरी पार्टीलाई फुटको स्थितिसम्म पु¥याउन खोजिएको आरोप लगाएका छन्।
