सरकार असफल बन्दै गयोः सांसद देबप्रसाद तिमलसिना

८ मंसिर २०७५, शनिबार ०९:०७

काठमाण्डौ, नेपाली काग्रेसका नेता तथा रौतहट क्षेत्र नम्वर ४ बाट निर्वाचित संघीय सांसद देव प्रसाद तिमलसिनाले बर्तमान सरकार असफल भएको दाबी गरेका छन ।

आयोखवर संगको टेलिफोन संवादमा उनले शुसासन, पारदर्शीताको अभाब बढदै गएको मंहगी र भ्रस्टाचारले चरम सिमा नाघेको भन्दै जनताले राहत पाउन नसकेको कारण सरकार प्रति जनबिश्वास घटदै गएको बताए । उनले नेपाली काग्रेस मधेश प्रति स्पष्ट रहेको भन्दै मधेशी जनता नेपाली हुन र उनीहरुमा राष्ट्रिय भाबना रहेको दावी गरे । रौतहट क्षेत्रनम्बर ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका देब प्रसाद तिमलसिना बिकास प्रेमी जिल्लाका लोकप्रिय नेता हुन ।