ओली सरकार अधिनायकवादतर्फ अघि बढिरहेको छः देउवा

६ मंसिर २०७५, बिहीबार १४:५६

बुटवल– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन्

ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताए ।

काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई आज भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

भैरहवामा आयोजित प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा यस प्रदेशका पार्टी केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टी जिल्ला सभापति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य,क्षेत्रीय सभापति,भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेशस्तरीय सभापति, पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुखलगायतका सहभागिता रहेको छ ।