खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाईन

६ मंसिर २०७५, बिहीबार १३:२७

विराटनगर– पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्।

बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो।

रिसको झोंकमा फूलमायाले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

पतिसँग विवाद भएपछि फूलमायाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

आगलागीबाट ढुङ्गा माटोको ३ तले घर र घर भित्रका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।