डेनिस सांसदहरुसँग सभापति देउवाको भेटवार्ता

५ मंसिर २०७५, बुधबार १५:१५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गरे ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएकधा छन । मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा काँग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास खोल्न पनि आग्रह गरेका थिए । त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरेका थिए ।

डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइरालासहितका काँग्रेस नेताहरु सहभागी भएका थिए ।