एजेन्सी
अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरू भेला भएको हलमा आत्मघाती विस्फोट गराइँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरू भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तीमा ८३ जना घाइते भएका छन्।
एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अफगानी अधिकारीहरुले जनाएका छन्। विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तीमा एक हजार मानिस रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन
