स्वास्थ्यमन्त्रीलाई डाक्टर अधिकारीले राजीनामा पत्र बुझाए

४ मंसिर २०७५, मंगलवार १५:०३

काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्राडा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।