गीतकार तथा गायक डा डिआर उपाध्याय एकल गायनमा उत्रिन लागेका छन् । प्रतिनाद सांगीतिक साँझ नामक सो कार्यक्रम ९ मंसिरमा राष्ट्रिय नाचघर,जमलमा हुँदै छ । डा उपाध्यायले आफ्नो सांगीतिक यात्राका क्रममा तयार गरिएका गीतहरू प्रस्तुत गर्नेछन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिने कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय वाध्यवादकको प्रस्तुति रहनेछ ।
सोही कार्यक्रममा डा उपाध्यायका सांगीतिक कृति र एउटा उपन्यास पनि विमोचन गर्ने कार्यक्रम छ । आफ्नो सांगीतिक जीवनमा पहिलोपटक एकल प्रस्तुतिमा उत्रिन लागेका डा। उपाध्याय सोप्रति निकै उत्साही छन् ।
