ललितपुर । यात्रुसँग साबिक रकमभन्दा बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीको चालकले पनि आजदेखि ट्राफिक कक्षामा बस्नुपर्ने भएको छ ।
बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीबारे उजुरी बढेपछि लतिलपुर ट्राफिक प्रहरीले आजदेखि यो नियम लागु गरेको हो ।
उपत्यकामा दैनिक ५० भन्दा बढी भाडाका सवारी कारवाहीमा पर्ने गरेका छन् ।
जरिवाना गराउँदा मात्र बढी भाडा लिने प्रवृत्तिमा कमी नआएपछि ट्राफिक प्रहरीले नयाँ नियम लागु गरेको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
‘
