चुनाव हारेका खतिवडाले चुनावी प्रतिबद्दता पूरा गर्दैछन

२ मंसिर २०७५, आईतवार ०९:५५

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग गरेका चुनावी प्रतिवद्दता पूरा गरिरहेका छन्। निर्वाचनमा पराजित भएपनि उनले गाउँ गाउँ पुगेर जनतासँग चुनावका बेला गरेको प्रतिबद्धता क्रमश पुरा गर्दै गइरहेका हुन्।अघिल्लो सांसद हुँदा संसदमा जल्दो बल्दो विषय उठाउने, आफ्नै पार्टी र कांग्रेसको सरकारका गलत क्रियाकलपविरुद्ध खरो रुपमा बोल्ने खतिवडा अहिलेको निर्वाचनमा ओखलढुंगामा नेकपाका यज्ञ सुनुवारसँग पराजित भए पनि आफ्नो वाचा भुलेका छैनन्।

 

आफ्नै पार्टीको सरकार हुँदा पनि सांसदमा निर्वाचित नेकपाका सुनुवारले केही गर्न नसकेका बेला खतिवडाले वाचा पुरा गर्दा जनतालाई पनि उनलाई सांसद बनाउन नसकेकोमा पछुतो भएको छ। उनीहरुले खतिवडा संसदमा पुग्नै पर्ने नेता हुन, अब अर्कोपटक जिताउनुपर्छ भन्ने टिप्पणी आपसमा गर्न थालेका छन्। स्रोतका अनुसार खतिवडाले चुनावी प्रचार प्रसारको बेला ओखलढुङ्गाको बिभिन्न गाउँमा बिकासको कामहरुको प्रतिबद्धता पुरा गरिरहेका छन् भन्र्ने कुरा बताइएको छ । । ‘विकासको काम गर्नलाई चुनावी नतिजाले फरक पर्दैन मलाई। हार जित जे होस् सधैं म बिकासको योजनामा न पार्टी न जाती केही बिभेद नगरि लागि रहने छु’ खतिवडाले भने।

खतिवडाले विभिन्न गाउँमा पम्प जडान गराइरहेका छन्। पम्पहरु रहने ठाउँहरुमा चिसंखुगदी गाऊ पालिका वडा नम्बर १ कुइबिरको माझीटारमा, १ थान, सुनकोशी गाऊ पालिका वडा नम्बर ०१ र २ बलखुबेसीमा, २ थान, लिखु गाऊ पालिका वडा नम्बर ०१ नौबिसे र रातमाते, २ थान, चम्पादेबी गाऊ पालिका वडा नम्बर ०२ र ०६ भुल्केटार र ताप्केमा २ थान गरी जम्मा ८ थान रहेका छन्।

दुधकोशी, सुनकोशी र मोलुङ्खोलाबाट सिँचाइको लागि बैकल्पिक उर्जा प्रबर्द्धन बोर्डको सोर्य सिँचाइ प्रणाली मार्फत सिँचाइको लागि माथिसम्म पानी तान्ने प्रतिबद्धता गरिएको थियो । त्यसै अनुरुप आफ्नो प्रतिबद्धता खतिवडाले पुरा गरेको समाचार प्राप्त भएको छ ा