काठमाण्डौ , नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा सांसद झपट बहादुर रावलले तोकिएको कार्यालयमा नजाने कर्मचारीलाई कारवार्ही गर्नु पर्ने बताएका छन । आयोखवर संगको फोन बार्तामा रावलले प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीप्रति सरकार कठोर भएर लाग्ने बताए ।

प्रदेश र संघमा जान अस्विकार गर्ने कर्मचारीलाई बर्खास्त गर्नैपर्ने भन्दै उनले तोकिएको स्थानमा नजानेलाई निकाल्नुको विकल्प नभएको बताए ।केन्द्रको अधिकार गाउँमा पुर्याउने संघीयताको मर्म कर्मचारीले बुझ्न नसकेको उनले आरोपसमेत लगाए।संघ, प्रदेश र स्थानीय तहबीच करको क्षेत्राधिकारमा केही समस्या देखिएको छ , यसको समाधान हुने उनले बताए ।
