छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारबाही गर्न पछि हट्दैनः नेता शर्मा

३० कार्तिक २०७५, शुक्रबार १४:०७

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।

मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ पुगेका नेता शर्माले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन्।

नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने बताए। उनले छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारबाही गर्न पछि नहट्ने दाबी गरे।