काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ ।एक नेताका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ ।यसबारे औपचारिक निर्णय गर्न भोलि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ । अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट महामन्त्री कुन्दनराज काफ्ले समूहले यसकै लागि लबिङ गर्दै आएको छ ।नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो ।

तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थप्यो । यो बीचमा ३२ वर्ष उमेर हद लगाउनेबारे कांग्रेसको शीर्ष तहमै विवाद देखियो र थपिएको तीन महिने समय खेल गयो । अब फागुनमा हुने स्ववियु चुनावलाई देखाएर कार्यसमितिको म्याद थप्ने तयारी भइरहेको छ ।
