काठमाण्डौ,
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता डिलाराम आर्चायले पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने बताएका छन्। आयोखवर डटकम संग फोन बार्तामा बोल्दै उनले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य शीर्ष तहमा भइरहेको जानकारी दिए।

सरकारले बिकास र समृद्दिको मार्गचित्र कोरिसकेको छ , अव जनता निराश हुनु नपर्ने नेता आर्चायले बताए । बिकास र समृद्दिले अव मुलुकमा गति लिने समेत नेता आर्चाले बिश्वास प्रकट गरे । उनले भने देशको बिकास गर्ने भनेको नेकपा नै हो , नेकपाको बिकल्प खोज्ने कुनै शक्ति अव मुलुकमा छैनन् । जनताले बिश्वास गरेर हामीलाई दुइतिहाई भन्दा बढि मत दिएका छन , जनताको यो बिश्वासलाई पुरा गर्ने बाटो तर्फ पार्टी लागी परेको समेत उनले बताए । जनता अझै पुरै रुपमा निराश भइनसकेको बताउदै नेता आर्चाले सरकारको कामकारबार्ही प्रभावकारी रुपमा अघि बढनु पर्ने कुरामा जोड दिए ।
‘पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ, अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन’, नेता आर्चाले भने। उनले मूलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायम गर्नमा केन्द्रित हुने बताउँदै स्वदेशमै रोजगारी सिर्जना हुनेगरी लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
