सांसद भेडाबाख्रा हुन भन्ने मानसिकताको प्रतिवाद गरेको हु केशव स्थापित

२० कार्तिक २०७५, मंगलवार १६:४४

 

काठमाडौं– प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्री पदबाट बर्खास्त गरिएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आरोप लगाएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्थापितले मुख्यमन्त्री पौडेलसँग क्याबिनेटमा विवाद भएको भन्दै।मैले आफ्नो तर्क प्रस्तुत गर्न पाउँदिनँु, उनको प्रश्न थियो।ु तपाईं दलाई लामा बन्न पाउनुहुन्नु, भनेको हो यसो भन्दा उहाँले टेबल ठटाउनुभयो। मैले पनि ठटाइदिएँ मुख्यमन्त्रीले तपाईं काम नलाग्ने मान्छे भनेपछि आफूले तपाईंको विवेक प्रयोग गर्नुस्, हटाए हुन्छ, गुनासो छैन भनेको उनले बताए।

मुख्यमन्त्रीले २० करोड रुपैयाँको गरिबहरुलाई आवास बनाउने विषयमा पनि क्याबिनेटमा विवाद भएको बताए। ुपूर्वाधारको २० करोड रुपैयाँ मुख्यमन्त्रीले कब्जा गर्ने होरु पूर्वाधार भनेपछि पूर्वाधारमा पठाउनुपर्‍यो। उहाँले त्यो २० करोडमा भर्खर कार्यविधि ल्याउँदै हुनुहुन्छ। उहाँको हकमा भर्खर कार्यविधि ल्याउँदा हुने, केशव स्थापितको हकमा चाहिँ जम्मै कुरा पहिल्यै हुनुपर्नेु, उनले प्रश्न गरे।मुख्यमन्त्रीले बनाउन लागेको प्रदेशको अवधारणापत्रबारे पनि क्याबिनेटमा निर्णय नभएको स्थापितले बताए।तर त्यसको फन्डिङ द एसिया फाउन्डेसनले गरेको छ। त्यसको पेज सर्च गर्नुस्, भारतमा गरेको कुकृत्य सबै छन्। तिनीहरु यहाँ आएका छन्। त्यसको लगानीमा एउटा अफिस खोलिएको छ। भैंसेपाटीमा एउटा भवन छ। त्यहाँ हाम्रो मुख्यमन्त्रीको सयन कक्ष छ। उहाँको आराम गर्ने ठाउँ त्यहाँ होु स्थापितले आरोप लगाए।

आफ्नो सुरुदेखिकै विरोध त्यसको पैसा लिने हो भने केन्द्र सरकारको स्विकृति चाहियो भनेको उनले बताए।स्थापितले राजधानी तोक्ने विषयमा पनि विवाद रहेको बताए।त्यस दिन पनि कुरा भएको र मुख्यमन्त्रीले सार्वजनिक रुपमा भनिआएको कुरा हो, केशव स्थापितले राजधानी सार्न आँट्योु, उनले भने प्रदेशको सार्वभौम अधिकारलाई मुख्यमन्त्री भएँ भन्दैमा सार्न दिन्न भन्न पाइन्छ

मुख्यमन्त्रीले संविधानविपरीत बोलेको प्रदेशसभाको अपमान गरेको स्थापितले आरोप लगाए। उनले आफूले ुसांसद भनेको भेडाबाख्रा हुन्ु भन्ने मानसिकताको प्रतिवाद गरेको दाबी गरे।त्यस्तै, मुख्यमन्त्रीले आफूलाई जिल्लाजिल्ला घुम्नुभयो, सबैको मन जित्नुभयो, कार्यालयमा किन नबसेको भनेर सोधेको बताए। स्थापितले आजसम्म आफू बर्खास्त भएको पत्र नपाएको बताए।