चितवन राइनोज र पोखरा पल्टन फाइनलमा प्रतिस्पर्धा गर्दै

२० कार्तिक २०७५, मंगलवार ०९:३९

पोखरा । चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा प्रिमियर लिग पीपीएल को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् ।

प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । पीपीएलका दुुई राम्रो टिम फाइनलमा पुुगेका छन् । पहिलो संस्करणको फाइनल खेल हेर्न दर्शकहरु मैदानसम्म आउने विश्वास लिएका छौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारसले भनेचितवन राइनोजले आज ११ बजे पोखरा रंगशालामा घरेलु टोली पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा पल्टनलाई शरद भेषावकरले कप्तानी गरिरहेका छन् ।

चितवनका कप्तान पारसले भने, पटक पटक शरदको टिमसँग फाइनल खेल्नुु संम्योग मात्रै हो । उपाधि जितेर चितवन लान सकौं भन्ने छ ।पोखरा पल्टनका कप्तान शरद भेषवाकरले लक्ष्यमा पुग्नका लागि एक खेलमात्र बाँकी रहेको बताए ।जुुन उद्देश्यले पोखरा आएका थियौं त्यसका लागि अब एक खेल बाँकी छ । घरेलुु टोलीको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ । घरेलुु दर्शकको साथ पाइरहेका छौं शरदले भने, पारसको चितवनविरुद्धको खेललाई मात्र अर्को एक खेलका रुपमा लिएका छौं ।