पाकिस्तानमा आसिया बीबी नामक चर्चित मुद्दामा सर्वोच्च अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहा गर्न भनेपछि उनका श्रीमान्ले अन्य देशमा शरणका लागि याचना गरेका छन्।

आसिया बीबीका श्रीमान् आसिक मसिहले आफूहरूलाई पाकिस्तानमा ठूलो खतरा रहेको बताएका छन्।यसअघि कमजोर प्रमाणका आधारमा तल्लो अदालतले आसिया बीबीलाई मृत्युदण्डको सजाय सुनाएको भन्दै बुधवार त्यहाँको सर्वोच्च अदालतले आसिया बीबीलाई सुनाइएको मृत्युदण्डको सजाय उल्टाएको थियो।उनलाई अदालतले निर्दोष ठहर गरेपछि थुप्रै हिंसात्मक प्रदर्शनहरू भएका थिए शनिवार उनका वकिल सैफ अल मुलूकले आफ्नो ज्यानमाथि खतरा भएको भन्दै पाकिस्तान छोडेर अन्यत्र गएका छन्।आसिया बीबीलाई सन् २०१० मा छिमेकीसँगको विवादमा मुस्लिम धर्मगुरू पैगम्बर मुहम्मदलाई अपमान गरेको आरोपमा दोषी ठहर गरिएको थियो।
उनका श्रीमान् मसिहले एउटा भिडिओ सन्देशमा आफ्नो परिवारको सुरक्षाबारे आफूलाई चिन्ता लागेको बताएका छन्।उनले भनेका छन्,म ब्रिटेनकी प्रधानमन्त्रीसँग हामीलाई सहयोग गर्न र सम्भव भएसम्म हामीलाई स्वतन्त्रता दिनका लागि मद्दत गर्न अनुरोध गर्छु।ूउनले क्यानडा र अमेरिकाका नेतालाई पनि सहयोगका लागि आह्वान गरेका छन्।थुप्रै देशहरूले उनलाई शरणका लागि प्रस्ताव गरेका छन्। पाकिस्तान सरकारले आसिया बीबीलाई रिहा गर्न दिएको अदालतको निर्णयविरुद्ध कानुनी रुपमा चुनौती दिने प्रदर्शनकारीहरूलाई नजोगाउने जनाएको छ।
