संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरंग उत्पन्न भएको छ। विज्ञहरूले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्।

विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ। इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए। इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ। सोमबारदेखि इरानी तेल आयातकर्ताविरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ। इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ।
ओपेकसँग आबद्ध राष्ट्रहरूमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। संयुक्तराज्य अमेरिकाले इरानविरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो। ुसंयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरे पनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेका थिए। तर, उनले ती देशहरूको नाम सार्वजनिक गरेका छैनन्। भारत विश्वमै तेल आयात गर्ने ठूला देशमध्ये एक हो। ुहाल मुद्रा संकट झेलिरहेको भारतले मार्चअघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,ु तेल उत्पादक अरू कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ। विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरू साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन्। विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरूले बताएका छन्।
