बामपन्थी तथा मानवअधिकारवादी नेता तुलाधरको निधन

१८ कार्तिक २०७५, आईतवार १४:१६

काठमाडौं । बामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरका पारिवारिक सदस्य गौरी प्रधानका अनुसार केही दिनअघि अस्पताल भर्ना भएका तुलाधरको आज आइतबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

सुरुमा उनलाई माइतीघरको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई गएको आइतबार अस्पतालमा भर्ना गरी आईसीयूमा राखिएको थियो भने केही दिनमा नर्भिक सारिएको थियो ।

उनलाई वरिष्ठ न्यूरोलोजिष्ट वसन्त पन्तले स्वास्थ्य परीक्षण गरेका थिए । डा पन्तलाई उद्धृत गर्दै परिवारका एक सदस्यले जानकारी गराएअनुसार तुलाधरको रगतको नशा ब्लक भएको थियो भने छातिमा इन्फेक्सन देखिएको थियो ।