हत्याको विरोधमा सर्लाही बन्द

१८ कार्तिक २०७५, आईतवार ११:१२

 

सर्लाही रामनगरमा घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस सर्लाही आज सर्लाही बन्दको आव्हान गरेको छ।

घटनाको विरोधमा शनिवार साँझ जिल्लाका मुख्य बजारहरुमा मसाल जुलुस निकालेको नेपाली कांग्रेसले आइतवार जिल्ला ठप्प पार्ने घोषणा गरेको हो। शनिवार साँझ सर्लाही सदरमुकाम मलंगवासहित हरिवन, बागमती, लालबन्दीलगायतका स्थानमा मसाल जुलुस निकालिएको र आइतवार पनि विहानै देखि जिल्ला ठप्प पारिएको नेपाली कांग्रेसका जिल्ला सह सचिव डोर प्रसाद भट्टराईले जानकारी दिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आइतवार विहान ११ बजे एक घण्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गर्ने नेपाली कांग्रेसले जनाएको छ।

रामनगर घट्नाका दोषीलाई कार्वाही गर्नु पर्ने, पीडितलाई क्षतिपूर्तिसहित सहिद घोषणा गर्नु पर्ने, घाईतेहरुको उपचार गर्नु पर्नेलगायतका माग राख्दै नेपाली कांग्रेस आन्दोलित भएको हो। गत मगंलवार रामनगर गोलीकाण्डमा परी ५५ वर्षीय रामविलास महतोको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जना घाईते भएका थिए। १५ भन्दा बढी घरमा तोडफोड भएको थियो। उता नेकपाले भने सो घट्नामा आफ्नो पार्टीको संलग्नता नरहेको विज्ञप्ती मार्फत जानकारी दिएको छ। कांग्रेसले भने नेकपाका दावी कपोकल्पित भएको आरोप लगाएको छ।