तालिबानका ‘गडफादर’ समी उल हकको हत्या

१७ कार्तिक २०७५, शनिबार ०९:१२

पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ ।

मौलाना समी उृल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका उनले हजारौँ तालिबानी लडाकूलाई तालिम दिएका थिए ।पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए । मौलाना समी उल हक ८० वर्ष नाघिसकेका उनी सन् १९८८ देखि दारुल उलूम हक्कानियाका अध्यक्ष रहेका बेला यो मदरसाबाट हजारौँ तालिबानी लडाकूले इस्लामिक शिक्षा हासिल गरेका थिए ।सन् १९९० को दशकमा उनको मदरसालाई अफगानी जिहादीको नर्सरी भनिन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार मौलाना समी उल हक तालिबानका प्रभावशाली नेता मौलाना समी उल हकले मुल्ला उमरलाई आफ्नो उत्कृष्ट छात्रको रुपमा लिएका थिए । यसै वर्ष पाकिस्तानमा भएको आम चुनावमा मौलाना समी उल हकले सत्तारुढ दल तहरीक–ए–इन्साफ पार्टीको समर्थन गरेका थिए ।एकदमै प्रभावशाली धर्मगुरु मौलाना समी उल हकको हत्या संवेदनशील समयमा भएको बताइएको छ । इशनिन्दाको आरोपमा जेलमा रहेकी इसाई युवती आसिया बिबीलाई रिहा गरिएपछि पाकिस्तानमा विभिन्न धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् । मौलानाका परिवारका अनुसार उनी पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले रोकेपछि उन घर फर्किएका थिए ।