काठमाडौं । नयाँ शक्ति पार्टीले निर्मला पन्त हत्या प्रकरणमा सरकारको भूमिका संदिग्ध र आपत्तिजनक भएको आरोप लगाएको छ ।

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी संयोजक डा। बाबुराम भट्टराईले पन्त प्रकरण पञ्चायतकालमा सेतीको खोँचमा फेला परेका नमीता–सुनीताजस्तै रहस्यमयी भएको र सरकार अनेक तरहले ढाकछोप गर्न लागेको बताए । नेकपा सरकार गठन भएयता १५ सयभन्दा बढी बलात्कारका घटना भएको भन्दै सरकार क्रमशः असफलतातर्फ उन्मुख भएको नयाँ शक्तिको ठहर छ ।
एक अर्को सन्दर्भमा डा भट्टराईले ने क पा र नयाँ शक्ति उत्तरी र दक्षिणी ध्रुवजस्तो भएकाले एकताको कुनै सम्भावना नरहेको भन्दै ने क पा मात्र नभर्इ कुनै पनि पुराना शक्तिसँग एकताको सम्भावना सकिएको बताएका छन् ।
