काठमाडौं जापान सरकारले आप्रवासी श्रमिक आपूर्ति गर्ने विधेयक मन्त्रिपरिषद बैठकबाट अनुमोदन गरेको छ।
विधेयक शुक्रबार मन्त्रीपरिषद स्वीकृत गरिएको हो। कामदारको कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार भित्र्याउन यो विधेयक पारित गरेको जनाइएको छ। विधेयकमा विदेशी श्रमिकलाई ५ वर्षको करार अनुमति भिसाको सुविधा दिने जनाइएको छ।आगामी वर्षको अप्रिलदेखि विदेशी कामदार भित्र्याउन भिसा खुला गरिने बताइएको छ। पछिल्लो समय श्रमिकको अभाव भएपछि जापानले आप्रवासी श्रमिक भित्र्याउने नीति अंगिकार गरेको हो।

प्रधानमन्त्री शिन्जो आबेले सांसदहरूसँग छलफल गर्दै जापानले श्रमिकको कमी रहेका क्षेत्रमा मात्र यो व्यवस्था लागू हुने बताए।
उनले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट पारेका छन्।विधेयकमाथि विपक्षी दलसहित अन्य साना दलका सांसदले विरोध गरेका कारण गत महिना आउने भनिएको विधेयक रोकिएको थियो। जापानका उद्दोगी तथा व्यवसायीहरूले विदेशि श्रमिकको अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन्।
