सभापति बनेपछि सबैलाई समेटेर लैजान्छु कोइराला

१६ कार्तिक २०७५, शुक्रबार १७:३७

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक सर्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित नेपाली कांग्रेसको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्‍ने भनिएकोमहासमिति बैठक सर्नसक्ने बताएका हुन्। कार्यक्रममा कोइरालाले सञ्चारकर्मीहरू माझ प्राविधिक कारणले २ देखि ३ हप्तासम्म बैठक सर्ने उनको भनाइ छ। महाअधीबेश नभएसम्म कांग्रेस जसरी चलेको छ त्यसरी नै जाने आफू सभापति बनेपछि सबैलाई समेटेर लाने कोइरालाको दाबी छ। सञ्चारकर्मीहरूको जिज्ञासामा महामन्त्री कोइरालाले कोइराला परिवारको नेपाली कां‌ग्रेसमा ठूलो त्याग र योगदान रहेको र आफू नै कोइराला परिवारबाट सभापतिको दाबेदार रहेको पनि बताए।