प्रधानमन्त्री आज डिस्चार्जु हुन सक्ने

१६ कार्तिक २०७५, शुक्रबार ०९:२०

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार डिस्चार्ज गर्ने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । डिस्चार्ज गर्ने नगर्नेबारे शुक्रबार नै टुंगो लाग्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताए ।

गएको सोमबारदेखि छातीमा संक्रमण भएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । शुक्रबार अन्तिम डोजको औषधि बेलुकी दिएपछि सकिने  त्यस पछि उहाँको डिस्चार्ज गर्ने नगर्ने टुंगो लाग्ने डाक्टर सायमीले जानकारी दीय ।प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमी, डाक्टर दिव्या सिंह र डाक्टर सन्तकुमार दास तीनै जनाले उहाँको स्वास्थ्य परीक्षण पछि प्रधानमन्त्रीलाई घर पठाउने नपठाउने निर्णय हुनेछ ।