पोखरा प्रिमियर लिगमा पीपीएलक्रिकेटको शीर्ष तीनको होड रोमाञ्चक बनेको छ ।

बिहीबार पहिलो खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई १३ रनले हरायो । अर्को खेलमा धनगढी ब्लूजले बुटवल ब्लास्टरलाई २० रनले हराएपछि पीपीएल रोचक स्थितिमा पुगेको हो ।चार खेल खेल बाँकी छँदा ५ टिमको समान ४( ४ अंक भएको छ भने बिराटनगर टाइटेन्सको २ अंक छ ।बुटवल ब्लास्टर, पोखरा पल्टन, चितवन राइनोज, काठमाडौं रोयल र एक्स्पर्ट धनगढी ब्लुज सबै टिमको चार अंक भएको छ । पोखरा पल्टन र काठमाडौं रोयल्सले भने दुई खेल खेल्न बाँकी छ भने अरु टिमले एक खेल खेल्न बाँकी छ ।
शुक्रबार धनगढी पोखरा र बुटवल काठमाडौंसँग खेल्नेछ भने शनिबार काठमाडौं पोखरा र विराटनगर चितवनसँग खेल्नेछ । यसैले बाँकी खेलका नतिजाले पनि समूह चरणमा शीर्ष तीनमा रहने टिममा फेरबदल हुनसक्छ ।सन्दीप लामिछाने नेतृत्वको विराटनगरको भने गणितीय सम्भावना मात्र बाँकी छ ।बिहीबारको हारपछि पनि बुटवल शीर्ष स्थानमौ छ । नेट रन रेटलाई हेर्दा बुटवलको ०।८८८, पोखराको ०।८७३, चितवनको ०।५७९, काठमाडौंको ०।१८७, धनगढीको (०।५६३ र विराटनगरको (१।६४४ रहेको छ । यसैले कुनै पनि खेलले तालिकामा फेरबदल हुन सक्छ ।
शीर्ष स्थानमा रहने टिमले सिधै फाइनल खेल्ने छ भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि खेल्ने छन् । इलिमिनेटर खेल आइतबार हुने छ भने फाइनल खेल मंगलबार हुने छ ।समूह चरणका खेलमा पोखराले विराटनगरलाई ५८ रनले, बुटवलले चितवनलाई ७० रनले, काठमाडौंले धनगढीलाई १७ रनले, धनगढीले विराटनगरलाई ७८ रनले, बुटवलले पोखरालाई ३३ रनले हराएका थिए । काठमाडौंले विराटनगरलाई ५ विकेटले, पोखराले चितवनलाई ५ विकेटले, चितवनले धनगढीलाई १ सय २६ रनले, विराटनगरले बुटवललाई १२ रनले हराएका थिए ।
