दाङमा एक ब्यक्ति पक्राउ

१५ कार्तिक २०७५, बिहीबार १२:०६

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।

विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।