सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको छः मन्त्री ज्ञवाली

१२ मंसिर २०७५, बुधबार १२:३९

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । हाल स्वास्थ्य बीमा २५ जिल्लामा मात्रै लागू छ ।अब चाँडै नै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने मन्त्री ज्ञवालीले बताए ।

गुल्मीको हुँगाकी मिर्गौला पीडित बालिका बन्दना भण्डारीलाई प्रवासी नेपालीले संकलन गरेर पठाएको सहयोग रकम बुधबार काठमाडौंमा हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सो जानकारी दिएका हुन् ।स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पैसा अभावले अकालमा कसैले ज्यान गुमाउनु नपर्ने उनको विश्वास छ ।गुल्मी घर भई वैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेका खिम केसी र कुवेर लुइँटेलले मिर्गौला पीडित बन्दनाका लागि आर्थिक सहायता जुटाएका थिए ।