वडाध्यक्षको डोजर दुर्घटना, चालक र सहचालक गम्भीर

१४ मंसिर २०७५, शुक्रबार ०९:३३

उदयपुर

उदयपुरगढी गाँउपालिका–३ का वडा अध्यक्ष इन्द्रबहादुर राउतको डोजर दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन्। बिहिवार दिउँसो सडकको काम गर्ने क्रममा दुर्घटना हुँदा डोजर चालक ४० वर्षे महोन तामाङ र २५ वर्षे सहचालक नविन राई गम्भीर घाइते भएका हुन।


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपालिका ५ का चालका तामाङ र सहचालक चौदण्डी नगरपालिका हडियाका राई बा २ क ९५३१ नम्बरको डोजर दुर्घटनामा परी घाइते भएपछि उपचारको लागि काठमाडौं पठाइएको छ। सडक निर्माण गर्ने क्रममा सडकबाटै २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। उदयपुरगढी गाँउपालिका ३ का वडा अध्यक्ष इन्द्रबहादुर राउतसहित तीन जना पार्टनर रहेको आरआरके मेन कन्ट्रक्सन प्राइभेट लिमिटेडको उक्त डोजर दुर्घटना भएको हो।