प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सु की नेपाल आउँदै

११ मंसिर २०७५, मंगलवार ११:४५

काठमाडौँ । म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सु की नेपाल आउने भएकी छिन् ।काठमाडौँमा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म आयोजना हुने एसिया प्यासिफिक समिटमा भाग लिन सुकी नेपाल आउन लागेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सु की नेपाल आउने छिन् ।स्टेट काउन्सिलरको रुपमा सु कीको यो पहिलो नेपाल भ्रमण हुनेछ । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।यसअघि म्यानमारका राष्ट्र उ विन मिन्ट गत अगस्तमा विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।यता, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि उक्त सम्मेलनमा भाग लिन नेपाल आउँदैछन् ।२९ र ३० नोभेम्बरसम्म हुने उनको नेपाल भ्रमणका दौरान उनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बताइएको छ ।