प्रकाण्डको उदघोष षड्यन्त्र नरोके सबै जनता सेना बन्ने छन्

८ मंसिर २०७५, शनिबार १६:५६

काठमाडौं विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विजय निकट पुगेको सर्वहारा वर्गको क्रान्तिलाई नेताहरुले षड्यन्त्र गरेर धोका दिएको आरोप लगाएका छन् ।

प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’को संज्ञा दिएका छन् । र उनीहरुकै कारण जनताले धोका पाएको बताए । आज जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो ।

साथै अहिलेको सरकारले आफ्नो पार्टी विरद्ध षड्यन्त्र गरिरहेको भन्दै सरकारका गतिविधिप्रति चर्को आलोचना गरेका छन् । सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरेका थिए । उनले भने, ‘कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन ’

वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उनले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताएका थिए । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता शंकेत गर्दै त्यसलाई आफूहरुले रोको पनि उनको भनाइ थियो । तर अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए ।

नेता प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । उनले भने, ‘राष्ट्रियता संघटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ ।