नेविसंघको समयावधि सकिँदै, म्याद थप्ने कि तदर्थ समिति बनाउने

२ मंसिर २०७५, आईतवार ११:३८

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमै गराउन गठित निर्देशक समितिको बैठक बस्दैछ । आइतबार  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने निर्देशक समितिको बैठकमा नेविसंघको आजबाट समाप्त हुन गइरहेको समायावधिका बारेमा छलफल हुने बताइएको छ ।

कांँग्रेसले नेविसंघको विद्यमान केन्द्रीय कार्यसमितिको विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशन सम्पन्न गर्ने म्याण्डेड दिएर जाने भन्नेबारे टुङ्गो लगाउन दिउँसो २ वजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ
केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनका सम्बन्धमा निर्देशक समितिले विधानमा गर्नुपर्ने परिमार्जनलगायतका धारणा पेस गर्ने बताइएको छ । यसअघि शनिबार निर्धारित समयभन्दा झण्डै ५ घण्टा ढिलो गरी बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसघंका बारेमा विषय प्रवेश गराएका थिए ।

पार्टी र नेविसंघमा नैनसिँह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद थप गरेर महाधिवेशन गर्ने र नयाँ केन्द्रीय कार्यसमिति गठन गरेर महाधिवेशन गर्ने भन्ने बारेमा नेताहरुका बीचमा फरक–फरक धारणा रहेको छ । सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा सहमतिमै नेविसंघको विषयमा निर्णय गर्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।