निर्मलाको परिवार धर्नाको तयारीमा

२५ कार्तिक २०७५, आईतवार ११:०३

 

कञ्चनपुर । सरकारले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आजबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् ।

अव केहिबेरमा स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना दिने परिवारिक स्रोतले बताएको छ । धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण सहभागि हुने जानकारी प्राप्त भएको छ ।

‘यज्ञराजले यसअघि गत कार्तिक १८ आफ्नै घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पत्रकार सम्मेलन गरेर कार्तिक २५ गतेबाट धर्ना बस्ने घोषणा गरेका थिए ।
निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।
घटनाको छानविनका लागि केन्द्रीय तथा स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन । जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ भने पीडित परिवारका लागि न्याय टाढिदै गएको छ ।