धर्म परिबर्तन गराउने दुई जापानी देश निकाला

३० कार्तिक २०७५, शुक्रबार ०९:१४

काठमाडौं
गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ ।

मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो ।

उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरुको भिसाको बाँकी अवधि रद्ध गरिएको छ । यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।