काठमाडौं बुद्धनगरमा फर्निचर उद्योगमा आगलागी

१० मंसिर २०७५, सोमबार १६:१२

काठमाडौं ।

काठमाडौं बुद्धनगरको एक फर्निचर उद्योगमा आगलागी भएको छ । केहीबेरअघि देखि आगलागी सुरु भएको भए पनि अझै नियन्त्रणमा आएको छैन । फर्निचर उद्योगी राम कार्कीको पसलबाट आगलागी सुरु भएको काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार अहिले दमकलले आगो निभाउने प्रयास भएको भए पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण खुल्न सकेको छैन । नजिकै रहेका घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ । ४ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन ।नेपाली सेना र काठमाडौं महानगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।