एल्जिना हत्या प्रकरण पाँच जना सार्वजनिक

२७ कार्तिक २०७५, मंगलवार १५:१८

उदयपुर – रौतामाई गाउँपालिका वडा नम्बर –३, की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।

हत्याको अनुसन्धानका लागि शंकास्पद भन्दै प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नम्बर ३ का नवीन कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रविन राई र रुजन राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।